प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद जारी गर्ने गर्यो निर्णय

काठमाडौं । प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । प्रभु इन्स्योरेन्सको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

चुक्ता पूँजीको ६५ प्रतिशतले हुन आउने ९९ करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निणर्य गरेको हो । प्रभुको हाल चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख ३२ हजार २ सय रुपैयाँ रहेको छ । कम्पनीलाई अझै एक अर्ब १२ करोड ३८ लाख ६७ हजार ८ सय रुपैयाँ पुँजी अपुग छ । ६५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि अपुग हुने १३ करोड ९ लाख ९५ हजार ५ सय ९० रुपैयाँ बराबरको भने बोनस सेयर दिने कम्पनीले तयारी गरेको देखिन्छ ।

प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने थियो । तर कम्पनीले मर्जरदेखि वैदेशिक रणनीतिक साझेदार भित्राउने प्रयास गरेपनि संभव नभएपछि हकप्रद सेयर गर्ने निणर्य गरेको हो ।

अझै पनि वैदेशिक रणनीतिक साझेदार भित्राउने प्रयास जारी राख्ने र सम्भव नभए हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै प्राधिकरणमा कम्पनीले निवेदन दिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स