११ महिनामा बैंक तथा वित्तीय संस्थाले कमाए ७३ अर्ब ८० करोड, सर्वाधिक कमाउनेमा नबिल

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका छन् । बैंक तथा वित्तीय संस्थाले साउनदेखि कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँलेमात्रै बढी हो । गत आवको यो अवधिमा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब ६७ करोड रुपैयाँ कमाएका थिए । चालु आवको वैशाख महिनासम्म बैंकहरूको नाफा ६२ अर्ब ६० करोड रुपैयाँ थियो ।

सो नाफामध्ये वाणिज्य बैंकहरूलेमात्रै ६७ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सो अवधिमा वाणिज्य बैंकहरूको नाफा ५८अर्ब ३३ करोड रुपैयाँ थियो । वैशाख महिनासम्म वाणिज्य बैंकहरूको नाफा ५७ अर्ब १६ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरूले १ महिनामा करिब १० अर्ब रुपैयाँ अर्थात १७.५९ प्रतिशतले नाफा बढाएका हुन् ।

चालु आर्थिक वर्षको ११ महिनामा विकास बैंकहरूले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेका छन् । गत आवको सोहि अवधिमा वाणिज्य बैंकहरूको नाफा ६ अर्ब ४४ करोड रुपैयाँ थियो । चालु आवको वैशाख महिनासम्म वाणिज्य बैंकहरूले ४ अर्ब २९ करोड रुपैयाँ कमाएका थिए ।

त्यसै गरी चालुु आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आवको सोहि अवधिमा फाइनान्स कम्पनीहरूले १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका थिए । वैशाख महिनासम्म फाइनान्स कम्पनीको नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।

नाफा कमाउनेमा नबिल अगाडि
यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक छ । बैंकले ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा कमाउको छ ।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले ११ महिनाको अवधिमा ४ अर्ब ७६ करोड ५१ लाख, चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

जेठ मसान्तसम्म एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख र हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख, प्राइम बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जेठ मसान्तसम्म ३ अर्बभन्दा बढी नाफा ६ वटा बैंकको रहेको छ ।

२ अर्बभन्दा बढी नाफा कमाउनेमा ५ वटा र २ अर्बभन्दा कम नाफा हुनेमा ५ वटा बैंक छन् । यो अवधिमा सबै थोरै नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्म १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कुन बैंकको नाफा कति ?

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स