बिपिडब्लु लघुवित्तमा सकारात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८६ लाख ७४ हजारको कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बिपिडब्लु लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । विशाल बजारको ७.१६%, युनाईटेड अजोड इन्स्योरेन्सको ६.५५%, बोटलर्स नेपाल (तराई)को ६.०५%, सिटिजन्स् बैंकको ५.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २ को ९.६४%, गुडविल फाइनान्सको ७.७३%, सनराइज इक्युटी फण्डको ५.६९%, प्राइम डिभेन्चर २०८८ को ४.४८%, सिभिल बैंक डिभेन्चरको ३.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स