आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गर्यो गत आवमा ११ करोड १६ लाख नाफा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ११ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेका छ ।

जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ । फलस्वरुप लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५.८८ प्रतिशत मात्र बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ पैसा घटेर १२ रुप्ैयाँ ८४ पैसामा झरेको छ ।

चुक्ता पुँजीको तुलनामा नाफा बढाउन नसकेका कारण लघुवित्त यस्तो आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।

गत आर्थिक वर्ष ८ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब ८२ करोड रुपैयाँ सापटिबाट ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स