आजबाट नेपाली बजारमा ट्रु-मीका उत्पादन र बिक्री वितिरण सुरु

काठमाडौं । अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु-मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री-वितरण प्रारम्भ भएको छ।

आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु-मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन्। आजबाटै देशभरी बिक्रीवितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रालिका अध्यक्षले जानकारी गराए।

नेपालमा ट्रु ड्रमाका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु-मीका उत्पादन समेत बिक्रीवितिरण सुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए।

‘ट्रु-मीका उत्पादनहरुलाई हामीले वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षणस्वरुप बिक्रीवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुररकाले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं।’

नायिका स्वस्तिमा खड्काले टु« ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मीका बिभिन्न उत्पादनहरुसमेत गुणस्तरीय र प्रभावकारी हुने भएकाले यो ब्रान्डसँग आफू जोडिएको बताइन्। उनले ट्रु मीका गुणस्तरीय उत्पादन नेपालमा ल्याएकोमा सुशान्त मुरारकालाई धन्यवादसमेत दिइन्।

कार्यक्रममा बोल्दै ट्रमीका उत्पादनका लागि ब्रान्ड एम्बेसेडर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले भनिन्, ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वशनियता निहित छ। यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन्।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु-मीका हेयर-केयरका उत्पादन उपलव्ध हुनेछन्।

बजारमा उपलव्ध सामग्रीहरुमा क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिंक, हेयर ब्लिज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा र हेयर वाक्स उपलब्ध रहेका छन्।

त्यसैगरी गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), ओबाटोन पपया कलेक्सन (फेस स्क्रब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजिङ मिल्क), स्किन ह्वाईटनिङ प्रोड्क्ट (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजिङ मिल्क) र रोज फेस टोनरलगायत कस्मेटिक उत्पादनहरु छन्।

ट्रु–मीका हेयर–केयर र स्किन केयरका सामग्री सबै प्रकारका केस तथा छालाका लागि उपयुक्त र प्रभाबकारी रहेकोे कम्पनीको भनाइ छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स