काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सञ्चालक समिति गठन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचनलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक समितिको अध्यक्षमा उनलाई चयन गरेको हो ।
साथै, संस्थापक समूहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।