गत आवमा २ खर्ब १६ अर्ब वैदेशिक सहयोग, कसको कति ?

काठमाडौं । सरकारलाई गत आर्थिक वर्षमा २ खर्ब १६ अर्ब ४१ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदानको प्रतिवद्धता आएको छ । सो वैदेशिक सहयोगमध्ये १ खर्ब ७५ अर्ब ७४ करोड ऋण हो भने ४० अर्ब ६७ करोड अनुदान हो ।
गत आर्थिक वर्षमा सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने गरी विश्व बैंक, एशियाली विकास बैंक, जिका, कोनिका, एफएओ, ईयूलगायतका बहुपक्षीय र जापान, कोरिया, नर्वे, फिनलयाण्ड, बेलायतलगायतका द्वीपक्षीय राष्ट्रले नेपालाई सहयोग गर्ने प्रतिवद्धतासहित सम्झौता गरेका हुन् ।

नेपाललाई जापान (जीका)ले मानव संसाद विकासमा छात्रवृत्ति दिने गरी ३५ करोड रुपैयाँ, तराई क्षेत्रको सिँचाई प्रणालीको लागि २ अर्ब, ग्रामीण क्षेत्रमा जिद्युतलाइनको ट्रान्समिसन तथा वितरण प्रणाली सुधारको लागि १४ अर्ब २० करोड ऋण उपलब्ध गराउने प्रतिवद्धता गरेको हो । जापानले मानव संसाद विकासको लागि उपलब्ध गराएको रकम भने अनुदान हो ।
कोरिया( कोनिका)ले कोरियाबाट नेपाल फर्केका आप्रवासीको पुनरमिलनको लागि एक अर्ब रुपैयाँ अनुदान दिने भएको छ । त्यसैगरी नेपालमा साईबर व्यूरोको क्षमता अभिवृद्धिको लागि १ अर्ब लोन अनुदान दिने भएको छ ।

स्वीजरल्याण्डले टेक्निकल तथा भोकेशन ट्रेडिङको लागि ९९ करोड रुपैयाँ उपलब्ध गराएको छ । स्वीजल्याण्डले सो नेपाललाई अनुदान रकम उपलब्ध गराएको हो ।

नर्वेले विद्यालय क्षेत्रको कार्यक्रममको लागि २ अर्ब ५७ करोड, फिनल्याण्डले शिक्षाको क्षेत्रको योजना बनाउन २ अर्ब ५४ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रतिवद्धता गरेको छ । विद्यालय क्षेत्रको योजना निर्माणको लागि एशियाली विकास बैंकले २ अर्ब ६५ करोड ऋण अनुदान उपलब्ध गराउने बहुपक्षीय सम्झौता भएको छ । त्यसैगरी महिला उत्थानको लागि एडीबीले १ अर्ब ५७ करोड अनुदान उपलब्ध गराएको छ ।

त्यसैगरी एशियाली विकास बैंकले ओखर तथा अन्य फलफूलको लागि ७ अर्ब ७९ करोड ऋण र २ अर्ब ४७ करोड रुपैयाँ अनुदान रकम हो । त्यसैगरी भन्सार तथा लजिष्टिक रिफर्मको लागि ६ अर्ब ६० करोड ऋण उपलब्ध गराएको छ ।
त्यसैगरी एफएओले पूर्वी क्षेत्रमा रहेको वन जंगल तथा जमिन संरक्षणको लागि ५५ करोड, यूकेले विविध स्थानीय पूर्वाधारको १ अर्ब ४४ करोड अनुदान दिएको छ ।

त्यसैगरी विश्व बैंकले डिजिटल एसिलिरेशनको लागि १ अर्ब ७७ करोड, विद्यालय क्षेत्रको ट्रान्सफरेशनको लागि १५ अर्ब ८४ करोड अनुदान र २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/07/foreign-aid.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स