वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । यी दुई मनि ट्रान्सफरबीच मंगलबार सम्झौता भएको हो ।

उक्त सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।

योसँगै विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा रहेको विभिन्न बैंक तथा वित्तिय संस्था, संस्था तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा रकम तत्काल जम्मा हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स