एनएमबि बैंकले सच्यायो साउन महिनाको ब्याजदर

काठमाडौं । एनएमबि बैंकले हिजो आइतबार प्रकाशित गरेको ब्याजदर आज सोमबार सच्याएको छ । बैंकले हिजो व्यक्तिगत मुद्दती खातामा १०.९८ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको थियो । सो रेट वाणिज्य बैंकहरूको भन्दा सबैभन्दा धेरै हो ।

राष्ट्र बैंकको नियमअनुसार अघिल्लो महिनाको ब्याजदरमा अधिकतम १० प्रतिशत मात्रै घटाउन वा बढाउन पाइन्छ । तर, एनएमबिले असारको ब्याजभन्दा साउनमा दिने भनेको ब्याज औषतमा १० प्रतिशतभन्दा बढीले बढाएर सूचना प्रकाशित गर्यो । सो विषयलाई लिएर बैंकरहरूले व्यापक विरोध पनि गरे । बैंकरहरूको विरोध पछि राष्ट्र बैंकले समेत जरिवाना गर्ने भने पछि आज भुलबस भएको भन्दै नयाँ ब्याजदर १०.९३ प्रतिशतमा झारेको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ कात्तिक २८ गते जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अघिल्लाो महिनाको आधारमा औषतमा १० प्रतिशत मात्रै ब्याजदर तलमाथि गर्न पाउने छन् ।

बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्ततिमा ९ प्रतिशत, ६ देखि ९ महिनाको लागि ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ९.२५ प्रतिशत बनाएको छ । १ देखि २ वर्षको ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत बनाएर ब्याजदर प्रकाशित गरेको छ । बैंकले साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९८ प्रतिशत र रेमिट्यान्ससम्बन्धी एनएमबि जन्मभूमि बचत खातामा ८.९८ प्रतिशत बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स