काठमाडौं । आफ्नै नाम ‘विमल’ ब्राण्डमा स्वदेशमै हार्मोनियम उत्पादन सुरु गरेका ‘हार्मोनियम डाक्टर’ विमल शाहले अब ढोलक, तवला, खैजडीलगायतका वाद्यवादन सामग्री पनि विमल ब्राण्डमै उत्पादन गर्ने भएका छन् ।
हाल उनले वर्षमा डेढ सय तवला बिक्री गर्दै आएको र तवला सेटलाई न्यूनतम आठ हजार रुपैयाँ पर्ने उनको भनाइ छ । हार्मोनियम, मादल, बासुरी, तवला, डोलक, पियानो, खैजडीलगायत अधिकांश वाद्यवादन सामग्री आयात हुने गरेको छ । वाद्य वादन सामग्रीमा बढ्दो परनिर्भरता कम गर्न बढी प्रयोगमा आउने हार्मोनियम, तवला, ढोलकलगायत यही उत्पादन गर्न सकिने उनले बताए ।
नेपाल लोकबाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कँडेलका अनुसार विगतमा नेपालमा एक हजार तीन सय ५० बाजा प्रचलनमा थिए । जसमध्ये ६ सय ५५ बाजा अहिले पनि लोक बाजा संग्राहालयमा छन् । तर कुनै बाजाको पनि यहाँ व्यवसायिक उत्पादन नभएकोले अधिकांश आयात हुने गरेको छ । संगीतकार सन्तोष श्रेष्ठका अनुसार एउटा गीतमा कम्तीमा पनि एक दर्जन बाजा प्रयोग हुने गर्छ ।