काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा आएको छ । आज नेप्सेमा २२३ कम्पनीका सेयर ४१ हजार ५१ पटक कारोबार भएको छ । ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
ट्रेडिङ उपसमूह बाहेक बाँकी सबैको सेयर मूल्य बढेको छ । लाइफ इन्स्योरन्स उपसमूह ३०७.६६ अंकले बढेको छ । मल्टी प्रपोज फाइनान्स, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालय पावर पाटर्नरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
एनआईसी एशिया लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।