प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि शुभारम्भ, सीईओमा मनोज भट्टराई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि शुभारम्भ भएको छ । मर्जर प्रक्रिया सकाएका प्रभु लाइफ र महालक्ष्मी लाइफ ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट आजबाट एकीकृत कारोबार सुर हुन लागेको हो ।

मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

दुबै कम्पनीले जेठ २६ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्ज भएका हुन ।

एकीकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको आज शुक्रबारदेखि र आइतबारसम्म सम्पूर्ण कारोबार बन्द रहने छ । मर्जर पछि बन्ने क्रम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ रमेश कुमार भट्टराई बन्ने छन् भने डेपुटी सीईओमा सन्तोष प्रसाई रहने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स