टेस्ला कम्पनीले दिनमै ५० हजारभन्दा बढी कमाउन सकिने सवारी चालकको जागिर खुलायो

काठमाडौं । विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाले दिनमै ५० हजार रुपैयाँभन्दा बढी कमाउन सकिने जागिर खुलाएको छ । टेस्लाले आफ्नो कम्पनीद्वारा उत्पादित विद्युतीय कारकोसवारी परीक्षण र डाटा संकलनको लागि उक्त जागिर खुलाएको हो ।

टेस्लाले सामाजिक सञ्जाल ‘लिङ्कडिन’मा जारी गरेको रोजगारी सूचनामा नयाँ चालक आवहान गरेको हो । उसले सूचनामा सवारी चलाए वापत चालकलाई प्रतिघण्टा १८ डलरदेखि ४८ डलरसम्म तलव दिने उल्लेख गरेको छ । ४८ अमेरिकी डलर नेपाली रुपैयाँको विनियम दरमा ५० हजार रुपैयाँ भन्दा माथि हुन आउँछ ।

यो सुरुमा ३ महिना अवधिका लागि हुनेछ । टेस्लाले कारको प्रदर्शन सुधार गर्न उच्चस्तरीय डाटा संकलनका लागि पनि मौसमी ड्राइभर नियुक्त गर्न लागेको हो । चालकले सवारी चलाएर डाटा संकलन गरी दैनिक रिपोर्ट तयार गर्नुपर्ने कम्पनिले निकालेको सूचनामा उल्लेख गरेको छ ।

टेस्ला ‘टप टेन’ विलिनियर एलन मक्सको कम्पनी हो । टेस्लासहित उनी स्पेस एक्सका संस्थापक हुन् भने द्वीटर, मुन रकेटजस्ता कम्पनीका मालिक पनि उनै हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स