नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न जर्मन कम्पनीले सम्भाव्यता अध्ययन गर्ने

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न जर्मन कम्पनीले अध्ययन गर्ने भएको छ । लगानी बोर्ड र जर्मन कम्पनी डीआईएजी इन्डस्ट्रिज जीएमबीएचबीच मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी (एमओयू) भएको छ ।

जर्मन कम्पनीले २ वर्षभित्र नेपालमा मल कारखाना स्थापना सम्भव हुने वा नहुने विषयमा विस्तृत अध्ययन गरेर लगानी बोर्डलाई प्रतिवेदन बुझाउने छ । लगानी बोर्डका सीईओ सुशील भट्ट र मलको सम्भाव्यता अध्ययन गर्न चाहने जर्मन कम्पनीका निर्देशक बेन्जामिन बेकरबीच बिहीबार एक कार्यक्रमकाबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा नेचुरल ग्यास र इलेक्ट्रोलेसिस प्रविधिमध्ये एकबाट वार्षिक ७ लाख टन रासायनिक महल (युरिया) उत्पादन हुनसक्ने भन्दै अध्ययन गर्न लागिएको हो । प्रारम्भिक अनुमानअनुसार नेपालमा प्रविधिबाट मल कारखाना स्थापना गर्न ७१ करोड ४० लाख अमेरिकी डलर (करीब ९३ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स