सात नयाँ ब्रोकरहरुले गरे आजबाट कारोबार सुरु, कसले कति खरिद गरे ?

काठमाडौं । पहिलो चरणमा लाईसेन्स पाएका सात नयाँ ब्रोकरहरुले आजबाट कारोबार सुरु गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा जोडिएर औपचारिक रुपमा ७ वटा ब्रोकरहरुले आजबाट कारोबार सुरु गरेका हुन् ।

नेप्सेको फ्लोर सिटमा उपलब्ध विवरण अनुसार आज पहिलो दिन यी ७ कम्पनी मार्फत कुल २१० कित्ता सेयर खरिद भएको छ ।

जसअनुसार, भोले गणेश सेक्युरिटिज (स्टक ब्रोकर नं. ६१)बाट अपी पावरको १० कित्ता सेयर खरिद भएको छ भने क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नं.६२)बाट नेपाल एसबीआई बैंकको १० कित्ता सेयर खरिद भएको छ।

हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नं. ६३)बाट हिमालयन लाइफ इन्स्योरेन्सको १० कित्ता सेयर र सन सेक्युरिटिज (स्टक ब्रोकर नं. ६४)बाट शुभम पावरको २० कित्ता सेयर खरिद भएको छ।

सेयरप्रो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६५)बाट सोल्टी होटेलको १०० कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० कित्ता सेयर खरिद भएको छ।

त्यस्तै, मियो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६६)बाट पनि स्ट्यान्डर्ड चार्टर्ड बैंककै २० कित्ता सेयर र प्रोपर्टी विजार्ड (स्टक ब्रोकर नं. ६७)बाट एसियन लाइफ इन्स्योरेन्सको २० कित्ता सेयर खरिद भएको छ।

यी ब्रोकर मार्फत १ लाख ७ हजार ९ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद भएको छ । सबैजसो ब्रोकर मार्फत १ वा २ वटा मात्र कारोबार भएको छ । दुई वटा ब्रोकर मार्फत १० कित्ता मात्र सेयर खरिद भएको छ भने ४ वटा ब्रोकर मार्फत २० कित्ता सेयर खरिद भएको छ । ब्रोकर नम्बर ६५ मार्फत भने ११० कित्ता सेयर खरिद भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स