नेप्सेद्वारा दुई वाणिज्य बैंक सहित ८ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई वाणिज्य बैंक सहित ८ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार गर्न लागेका नेप्सेले ८ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

सेयर कारोबार रोक्का हुनेमा लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् ।

नेप्सेले असार २९ गतेदेखि लागू हुने गरी लक्ष्मी बैंक र सनराइज बैंक र असार ३० गतेदेखि लागू हुने गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। मर्जरपछि लक्ष्मी र सनराइज बैंकले ‘लक्ष्मी सनराइज बैंक’ र नेसनल र समिट लघुवित्तले ‘नेसनल लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्दैछन्।

त्यस्तै, असार २९ गतेबाट लागू हुने गरी नेप्सेले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ। प्रभु लाइफ र महालक्ष्मी लाइफले ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’को नामबाट असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्।

नेप्सेले राष्ट्र उत्थान लघुवित्तको असार ३१ गतेदेखि लागू हुने गरी रोक्का गरेको छ। राष्ट्र उत्थान लघुवित्तलाई आशा लघुवित्तले प्राप्ति गरी असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।

नेप्सेले असार ३१ गतेबाटै लागू हुने गरी विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी असार ३१ गतेबाट ‘विजय लघुवित्त वित्तीय संस्था’को नाममा एकीकृत कारोबार सुरु गर्दै छन्।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार सेयर कारोबार रोक्का गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स