दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ८२ हजारको कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ मा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । एनआईबिएल समृद्धि फण्डको ९.९४%, सिटिजन्स म्युचुअल फण्डको ७.९८%, सानिमा ग्रोथ फण्डको ७.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, पिपल्स् पावरको ६.०५%, हिमालयन पावरको ५.८३%, बुद्धभुमी नेपाल हाइड्रोपावरको ५.८३%, मनकामना स्मार्ट लघुवित्तको ५.५६%, रिडी पावरको ५.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स