साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ८२ हजारको कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको १७ करोड ९२ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख, नेपाल टेलिकमको ११ करोड ८४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स