काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १४ सय ४० रूपैयाँ कायम भएको छ ।