ब्याजदरमा कार्टेलिङ गर्ने कि खुला छोड्ने छलफलमा जुटे बैंकहरू, साउनमा ९ प्रतिशतमा आउने निक्षेपको ब्याजदर

काठमाडौं । भोलि असार २८ गते बिहान नेपाल बैकर्स संघले आगामी महिना साउनका लागि ब्याजदरका विषयमा थप छलफल गर्न बैठक बसेको छ । अहिले साउन महिनाबाट लागू हुने ब्याज दरका बारेमा निर्णय गर्न बैंकर्स संघले सबै सदस्य बैंकरलाई छलफलमा डाकेको हो ।

छलफलको मूख्य एजेण्डा ब्याज दर नै भएका एक बैकरले जानकारी दिए । ‘खासमा यो छलफल ब्याजदरकै विषयलाई लिएर हो,’ उनले भने ‘यद्यपि आउँदै गरेको मौद्रिक नीति, कर्जा विस्तारका साथै रिकभरीका विषयमा समेत बैठकमा छलफल हुने भएको छ ।

आजको छलफलमा विशेष गरी ब्याजदर सहमतिमा कायम गरेर लैजाने कि कर्जामा जस्तै बैंकले आफ्नो अवस्था र परिस्थिति हेरेर गर्ने भन्ने विषयमा बैठक केन्द्रीत रहने छ । २० वटै बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरूले साउन १ गतेदेखि लागू हुने ब्याजमा कार्टेलिङ गरेर सहमतिमा ब्याजदर निर्धारण गर्छन कि बजार र बैंकलाई खुला छाडिदिन्छन् । संघले ब्याज गर्दै आएको सहमतिलाई कार्टेलिङ भएको भन्दै सार्वजनिक रुपमै आलोचना सुरु भइरहेको छ ।

पछिल्लो समय अधिकांश बैंकरहरूले ब्याज अब संघले होइन सम्बन्धित बैंकले तोक्नु पर्ने बताइरहेका छन् । सोही कारण यस्तोमा ब्याज दर घटाउने वा खुला छाड्नेमध्ये एउटा निर्णय हुनेछ ।

ब्याज दर घटाउने निर्णय हुँदा ९.९९ प्रतिशतको दर ९ प्रतिशतमा आउने छ । खुला छाड्दा भने कुनैले घटाउन वा बढाउनुका साथै स्थिर पनि छाड्न सक्छन्। त्यो ब्याज दर भने साउन १ गते मात्र सार्वजनिक हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स