राष्ट्र बैंकलाई २.३७ प्रतिशतमै पैसा दिने बैंकहरूले ऋणीसँग किन लिन्छन् महँगो ब्याज ?

काठमाडौं । पछिल्लो समय बैकिङ सिष्टममा पैसा थुप्रिएपछि बैंकहरूले सस्तोमा पैसा दिन थालेका छन् । हिजो मंगलबार २० अर्बको रिजर्भ रिपोमा २.५४ प्रतिशत पाएका बैंकहरूले आज बुधबार भने २.३७ प्रतिशतमा राष्ट्र बैंकलाई पैसा दिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकलाई बैंकहरूले सस्तोमा पैसा दिएपनि सर्वसाधारणले उपभोग गर्ने कर्जामा भने बैंकहरूले त्यति कर्जा घटाएका छैनन् । अहिले पनि आम उपभोक्तासँग साढे १४ प्रतिशतदेखि १५ प्रतिशतसम्म नै ब्याज लिइरहेको पाइन्छ । महँगो ब्याजका कारण पछिल्लो समय बैंकहरूले कर्जा विस्तार गर्न सकिरहेका छैनन् ।

कर्जा विस्तार नहुँदा समेत बैंकहरू केहि समयको लागि अधिक तरलता भयो पनि यो साउन लागेपछि यो घट्ने र फेरि महँगै ब्याजदरमा कर्जा प्रवाह गर्ने रणनीतिक योजनाका साथ बसेका छन् । सेयर, घरजग्गा तथा सवारी साधनकर्जादेखि व्यक्तिगत ओभर ड्राफमा समेत कर्जाको ब्याज अहिले पनि उच्च नै छ । राष्ट्र बैंकले यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत राखेको भन्दै बैंकहरूले साना कारोबारीलाई चुस्ने काम गरिरहेका छन् ।

ठूला कारोबारीका लागि भने बेसरेटमा डेढ दुई प्रतिशत प्रिमियम थपेर कर्जा लगानी गर्ने गरेका बैंकहरूले साना लगानीकर्तालाई भने ढाड सेक्ने गरी अझै ब्याज लिइरहेका छन् । असारको बेसरेटको आधारको कर्जाको ब्याजदर घटाउने भन्दै साना ऋणीलाई चर्को ब्याज लिएर उनीहरूलाई उकास्नु पर्ने बेलामा अझ बैंकहरूले पीडा दिइरहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स