काठमाडौं । नेपाल एसबिआई बैंक लि. र श्री जि.आर. फूड एण्ड बिभरेज प्रा.लि, विराटनगरबीच सम्झौता भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी सम्राट क्याफे एण्ड पबमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे र जि.आर. फूड एण्ड बिभरेज प्रा.लि.का महाप्रबन्धक श्याम प्रसाद शाहबीच सम्पन्न भयो ।