नेप्से २५ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ८५ लाख ४ हजारको कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख, सोल्टी होटलको ९ करोड १४ लाख, नेपाल टेलिकमको ८ करोड ५४ लाख, हिमालयन डेष्टिलरीको ६ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स