भोलिबाट माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भोलि असार २८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिम्यम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता सेयर आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गर्ने छ। यस निष्काशनमा ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ र २, मकवानपुर जिल्लाको भीमफेदी गाउपालिकाको वडा नम्बर ५,६, ७, र ८, तथा इन्द्र सरोबर गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर निष्काशन हुने छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ११ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ११ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स