नबिलमा बसेर डिस एग्री हुनुपर्ने अवस्थानै आएनः विनय कुमार रेग्मी डेपुटी सीईओ

काठमाडौं । १ जनवरी १९८७ मा म नबिल एसिस्टेनबाट प्रवेश गरेको हुँ । नबिल बैंकको यो यात्रामा विभिन्न पदीय दायित्व वहन गर्दै अहिले डीसीओको पोजिशनमा आईपुगेको छु । यो अवधिमा बैंकले विभिन्न चुनौती र अवसरहरू फेस गर्दै अघि बढेको हो । निजी क्षेत्र त्यो पनि ज्वाइन्ट भेन्चरमा भएकोले हामीलाई त्यतिबेला सबैभन्दा ठूलो चुनौती ग्राहकको विश्वास जित्नु थियो । अरब बैंकको रुपमा नबिल आउँदा नेपालमा सरकारी बैंकमात्रै थिए ।

यो नेपालको पहिलो ज्वाइन्टभेन्चर बैंक हो । सुरुमा हाम्रो ज्वाइन्ट भेन्चर पार्टर यूएई दुवईको थियो । विभिन्न काल खण्डमा ओनरशीप पार्टरहरू पनि परिवर्तन हुँदै आएर आए ।

बैंकले सुरुदेखि नै कष्टुमरलाई फोकस प्वाइन्टमा राख्यो । कष्टुमरलाई सर्भिस कसरी दिने, उहाँहरूलाई कसरी सन्तुष्ट बनाउने भनेर बैंकले आफ्नो सिष्टम तथा प्रडक्टहरू बनायो । ग्राहकको चाहना बुझेर काम गरेको हुनाले बैंकलाई यो सफलता मिलेको हो ।

मान्छेको जहिले पनि वेष्ट अर्गनाइजेशनमा काम गर्ने चाहना हुन्छ । सौभाग्य बस मैले पहिला बैंक ज्वाइन गर्दा नै ज्वाइन्ट भेन्चर र बेष्ट बैंकमा काम गर्ने अवसर पाए । सामान्य मान्छेले राख्ने चाहना मेरो ‘डे वान’ मै पुरा भयो ।

लामो समयसम्म यो अर्गनाइजेशनमा टिकिराख्ने क्रममा मैले आफ्नो काम जिम्मेवारी पूर्वक गर्दै गए र त्यसको रिककनाइज पाउँदै गए । मान्छेले अर्को अर्गनाइजेशनमा जाने भनेको प्रमोशन या फाइनान्सियलको लागि हो । नबिलले यी सबै सधै दिइनै रहेको थियो । अन्यतिरबाट पनि अवसर आएका थिए ।

आफ्नो वृद्धि विकासको कुरा गर्दा पनि जुन टाइममा हुनुपर्ने थियो त्यहि टाइममा हुँदै गयो । यहाँ बसेर डिस एग्री हुनुपर्ने अवस्था नै आएन । अन्त बाहिर हेर्नुपर्ने मैले आवश्यकता नै देखिन ।

काम र भुमिकाको हिसावले पनि त्यहि अनुसारको प्रमोशन हुँदै गयो र त्यहि अनुसारको काम गर्न पाइयो । अहिले मैले एनबैंक तथा अपरेशन हेरिरहेको छु । चुनौती अवसर दुबै फेस गर्न पाइयो । बोर भएर बस्न परेन, खुशी खुशीका साथ काम गर्न पाइयो ।

हाम्रो मेन उद्देश्य भनेको डिजिटल बैंकिङ फोकस गर्ने हो । हिजो पनि त्यहि थियो र भोलि पनि त्यहि रहने छ । नबिललाई अझ राम्रो बनाउन हामीले ३ पिलरमा काम गरिरहेका छौं । अझ बढी कम्प्लायन्स र रिलायबल बैंक बन्न बन्ने हाम्रो पाटो हो । अर्को दिगो विकास र डिजिटल नेपाल बनाउन बैंकले अझ बढी डिजिटलाइजेशनमा फोकस भएर काम गर्नेछ ।

हाम्रो देशनै डिजिटल च्यानल प्रयोग गरेर सुरक्षाका साथ आफ्नो कारोबार गरोस् भन्ने चाहना छ । डिजिटल ट्रान्समेशनमा हाम्रो बहुत रमाइलो अनुभव छ । हामीसँग यस्तो अभ्यास छ जसमा एकातिर मोबाइलबाटै सबै गर्न खोज्ने, हातमै चाहियो, अहिले चाहियो, वेट गर्ने समयनै नभएका कहिले बैंकमा आउँदै नआउने न्यू जेनेरेशनका कष्टुमर हुनुहुन्छ भने अर्कोतर्फ पुरानो जेनेरेशनका कष्टुमर हुनुहुन्छ, उहाँहरू सबै किसिमको प्रविधि भएपनि बैंकमै आउनु पर्ने बैंकबाटै म्यानुयल्ली काम गर्नुपर्ने । दुबै थरि कष्टुमरलाई समान रुपमा मिलाएर लैजानु पर्ने हुन्छ ।

भोलिका लागि काम गर्नको लागि नयाँ जेनेरेशनका कष्टुमरका लागि डिजिटलमा जानै पर्यो र पुराना कष्टुमर जसको वर्षौदेखि विश्वास साथ र सहयोग अनि नबिलसँग आत्मियत गाँसिएको छ उहाँहरूलाई पनि उस्तै सेवा दिनुपर्छ भनेर हामी अघि बढेका छौं ।

डिजिटल ट्रान्सफरमेशन आन्तरिक र बाह्या दुबैमा हुनुपर्छ । यो त्यति सजिलो छैन । यसमा ठूलो लगानी गर्नुपर्छ । टिम ठूलो बनाउनु पर्छ । लगानीको लागि बोर्ड म्यानेजमेन्टलाई कन्भिस गराउँदै लगेर टेक्नोलोजीको विकास गरियो । योसँगै यसमा अर्को च्यालेन्ज थपियो, यूजरलाई प्रयोग गराउने, यो विषय बुझाउन पनि चुनौती थियो । यसमा पनि हामीले काम गर्यौ । सोसल मिडिया तथा विभिन्न तरिकाबाट युजरलाई बुझाउन सक्यौं । बानी पार्दै गर्यौ ।

खासमा डिजिटल ट्रान्सफरमेशनमा ग्राहकलाई बुझाउने, सचेतना जगाउने र प्रयोग गर्न भने कोभिडले सिकाएको हो । कोभिडका धेरै नराम्रा पक्ष भएपनि यसमा भने एकदम राम्रो एचिभमेन्ट भएको छ । बैंक शाखाहरू बन्द भए, खुलेका ठाउँमा पनि आउन गाह्रो भयो र आवश्यकताले वाध्य बनाएर सिकायो । नजान्नेले पनि सिक्नु भयो भने हामी बैकरले पनि टेक्नोलोजीबाट घर बसी बसी बैंक चलाउन सकिदो रहेछ भनेर सिक्यौं ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स