‘बैंक भन्ने वित्तिकै नबिल बैंक भन्ने इमेज बनाउँछौं’

नम्बर वान, नम्बर टू नम्बर थ्री भन्ने ठूलो कुरा होइन । विगतमा बैंकको साइज तथा कष्टुमर सर्भिसमा नम्बर वान थियो र अहिलेसम्म पनि हामी नम्वर वान नै छौं । साइजमा विभिन्न ठूला बैंकहरू मर्जर भएर हामी नम्वर वान नहुन पनि सक्छौं । तर, हाम्रो ब्राण्ड भ्यालू र कष्टुमर सर्भिसमा सधै नै नम्वर वान रहि रहन्छौं ।

बैंकको ब्यालेन्स सिटको साइजमा नम्वर वान बन्न भने हामीलाई अझै १÷२ वर्ष लाग्छ । किनभने अरु ठूला बैंकहरू मर्जर भएका छन् । हामीले सानो बैंकलाई अक्वाएर गरेका छौं । अहिलेको बजारमा एग्रेसिभ ग्रोथ हुने अवस्था छैन । बजारमा अलिकति रिसेसन जस्तो देखिएको हुनाले कर्जा विस्तार गर्न सकिदैन । कर्जा विस्तार गर्न नसकेपछि हामी निक्षेपमा पनि एग्रेसिभ हुन सक्दैनौं ।

त्यो हिसावले साइजमा नम्वर वान ठूलो कुरा होइन । आफ्नो एसेट क्वालिटी, रिक्स म्यानेजमेन्ट, कष्टुमर सर्भिसलाई फोकस गरेर हामी नम्वर वान नै छौं र रहि रहन्छौं ।

आगामी दिनमा हाम्रो रणनीति भनेको कन्सुटेशनमा फोकस जाने हो । यसका डिजिटल बैंकिङ, कष्टुमर फ्रेन्डी प्रडक्टमा पनि फोकस गर्छौ र इन्टरनेशनल मार्केटमा आएका प्रडक्टलाई हाम्रो कष्टुमरको इच्छा र चाहना अनुरुपको प्रडक्ट ल्याएर डिजिटल बैकिङमा हामी सधै नै नम्बर वान हुन्छौं ।

विगतमा पनि यस्तो कन्सेप्ट भित्र्याउने नबिल बैंक नै हो र आगामी दिनमा पनि सेप्रेट्ली ‘एनबैंक’ भन्ने खोलेर डिजिटल्ली रुपमा अगाडी जाने योजना सहित नयाँ नयाँ प्रडक्टहरू थप्दै लगेका छौं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स