हिमालयन एभरेष्ट इन्स्योरेन्सले उपत्यका ट्राफिक कार्यालयलाई प्रदान गर्यो ४० सेट स्मार्ट मोबाइल

काठमाडौं । हमालयन एभरेष्ट इन्स्योरेन्सले उपत्यका ट्राफिक कार्यालयलाई ४० थान स्मार्ट मोबाइल प्रदान गरेको छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि उपत्यका भित्रका ४० प्रहरी बिटलाई ४० थान मोबाइल सेट उपलब्ध गराएको हिमालय एभरेष्ट इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत विजय वहादुर शाहले जानकारी गराए ।

आज उपत्यका ट्राफिक कार्यालय रामशाह पथ काठमाडौंमा आयोजित एक कार्यक्रममा इन्स्योरेन्स कम्पनीका सीईओ शाहले प्रहरी नायव महानिरिक्षक पोषराज पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सीईओ शाहले ट्राफिक प्रहरीले गर्ने सबै कार्यमा जिम्मेवारी वहन गर्न सजिलो होस् भनेर मोबाइल सेट प्रदान गरिएको बताए । ‘यो हाम्रो सानो सहयोग बढीभन्दा बढी उपयोगी भइ ट्राफिक प्रहरीले गर्ने दैनिक कार्य सम्पादनमा सहज पुग्ने आफूले विश्वास लिएको उनले बताए ।

‘यो सदकार्य हामीले गरेको देखेर अरुले पनि सहयोग गनुन् भन्ने मलाई लागेको छ,’ उनले भने ‘सेवाग्राहीहरू सिधै सम्पर्कमा आएर सहज र छिटो सेवा पाउने आशा विश्वास मैले लिएको छु ।’ हामीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यो उल्लेखनीय कार्य गरेका हौं ।’ आगामी दिनमा पनि यस्तो सहयोग निरन्तरता हुने सीईओ शाहले बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोखरेलले इस्योरेन्स कम्पनीले उपलब्ध गराएको फोन कार्यालयले प्रयोग गर्ने बताए । ‘अहिले कार्यालयले हरेक विटलाई फोन उपलब्ध गराउन नसक्दा सेवा ग्राही सिधै कार्यालयको सम्पर्कमा नआई कार्यरत प्रहरीको सेल फोनमा कल गर्न बाध्य भएको बताए ।

‘आज सहयोग स्वरुप आएको यो फोनले अहिलेका आवश्यकता केहि हदसम्म पुरा हुन्छ,’ उनले भने ‘हामीसँग ६३ वटा युनिट छन् । यो स्मार्ट फोनपछि फोनको मात्रै उपयोगिता नलिइ अन्य सेवा पनि लिन सकिन्छ ।’ त्यतिमात्रै होइन उनले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न समेत फोनबाट सहयोग मिल्ने उनले बताए । सानो अनुरोधमा यो सहयोग पाएकोले कार्यालय प्रमुख पोखरेलले धन्यवाद दिए । इस्योरेन्स कम्पनीले नयाँ टेक्नोलोजीमा आधारितबाट बहुउपयोगी काम गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रमा इन्स्योरेन्स कम्पनी र ट्राफिक प्रहरी कार्यालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स