कामना सेवा विकास बैंकद्वारा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आज सोमबार भक्तपुर नगरपालिकाको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ।

कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीको सहभागिता थियो। कार्यक्रमका सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कतालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए।

कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरजकुमार सरार्फलगायत अन्य कर्माचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसीराम घेमोसु र अन्य विद्यार्थीको उपस्थिति थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स