काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको १३० औ बैठकबाट सेयरधनीहरुलाई नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको सञ्चित मूनाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपश्चात् सेयरधनीहरुमा वितरण गरिनेछ ।