काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको ९३ औ बैठकबाट सेयरधनीहरुलाई नगद लाभांश दिने प्रस्ताव पारित भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मूनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । जसमा नगद लाभांश ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
इन्स्योरेन्सको चुक्त पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । प्रस्तावित लाभांश बीमा समित तथा कम्पनीको आगाम िवार्षिक साधारण सभाबाट स्वीकृति भएपश्चात् सेयरधनीहरुमा वितरण गरिनेछ ।