ललिता निवास प्रकरणमा सञ्चार सचिव राउत पनि पक्राउ, अहिलेसम्म १२ जना समातिए

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।

ब्यूरोले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राउतलाई नियन्त्रणमा लिएको हो। ललिता निवास प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ । प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउ पुर्जी लिइसकेको छ । रावललाई भने मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीमा प्रकरणमा जोडिएपछि पक्राउ गरिएको हो ।

त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पुर्जी लिएको हो। अहिलेसम्म प्रहरीले यस प्रकरणमा १२ जनालाई समातिसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स