पौने ३ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सिन्धु विकास बैंकका शाखा प्रमुखसहित कर्मचारी पक्राउ

काठमाडौं । २ करोड ६८ लाख रुपैयाँ रकम हिनामिना गर्ने सिन्धु विकास बैंकका शाखा प्रमुखसहित ३ कर्मचारी पक्राउ परेका छन् । बैंकको बाह्रबिसे शाखाबाट निक्षेपकर्ताको रकम हिनामिना गर्ने शाखा प्रमुख रुक्शा श्रेष्ठ, कर्मचारीहरू एलिसा बस्नेत र अस्फना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकका अर्का कर्मचारी नितिका श्रेष्ठ भने अहिलेसम्म फरार छिन् । बचतकर्ताको रकम हिनामिनाको प्रमुख योजनाकार रुक्शा श्रेष्ठ भएको खुलेको छ। ३१ वर्षीय श्रेष्ठ बैंक स्थापनाकालदेखि नै सिन्धुपाल्चोक बाह्रबिसे शाखामा कार्यरत थिइन।

निक्षेपकर्ताको रकम हिनामिना घटनामा जोडिएका पदमबहादुर प्रधानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानमा बैंकका पाँच कर्मचारी र अन्य पाँच जना बाहिरका व्यक्तिको संलग्नता देखिएको छ ।

‘बैंकका कर्मचारीको संलग्नतामा नै बचतकर्ताको रकम हिनामिना गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका पाँच जनाविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी गरेको छ । फरार हुनेहरूमा बैंकका कर्मचारी एलिसा, अस्फना र नितिका श्रेष्ठका श्रीमान् रहेका छन् ।

उनीहरूले आफ्ना श्रीमानको नाममा खाता खोलेर त्यसमा बचतकर्ताको रकम पठाएको देखिएको छ । रकम श्रीमानहरूको खातामा गएको र झिकेको देखिएपछि उनीहरूलाई प्रहरीले अनुसन्धानमा तानेको हो । ‘उनीहरू नगद र ग्राहक सेवा (कस्टमर केयर) मा बस्ने कर्मचारीहरू हुन्।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स