३० वर्ष संर्घष गर्दा नपाएको सफलता ४ वर्षमै, राजकुमारको मासिक आम्दानी ३ लाख आम्दानी, यस्तो छ कृषि कथा

काठमाडौं । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छ । वैदेशिक रोजगारीमा ७ वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भए । विदेशमा ७ वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेर उनल २५ गाईभैँसी र ४० लोकल कुखुरा किने ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको हुन् । ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने ।

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उही पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनी मलेसिया गए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुग्नुभएका उहाँ मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताए । ‘मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु,’ उनले भने ‘ मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उनले कतार जाने । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनले फेरि स्वदेश नै फर्किए ।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई जाने । दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाइ नभएपछि उनले फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताए उनले विदेशबाट फर्कँदा जम्मा पाँच लाख लिएर फर्किए बताए ।

७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाखको लगानी रहेको बताए । दूध बोक्नलाई बोलेरोसमेत किनेका थिए । उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिनुभएको बताए । ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तुमात्रै छन् । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनले सुनाए ।

‘सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो,’ उनले भने ‘अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक ३ लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ । ‘महिनामा तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि,’ उनले भने ‘पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताए । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनको सुझाव छ ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनले दूध बेच्ने पनि गरेका छन् । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उहाँले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उहाँ पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताए ।

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष संघर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा संघर्ष उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो ।

सुरुमा पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनले हतार र हतास गर्न नहुने बताए । उनको सफलता मानिसको पछि–पछि आउने गरेको बताए । ‘हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स