महिन्द्र एसयूभी स्कर्पियो एन नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा महिन्द्र एसयूभी स्कर्पियो एन बिक्री सुरु हुने भएको छ । गत वर्षको असारमा नेपाल सहित भारत र दक्षिण अफ्रिकामा एकै पटक महिन्द्र स्कर्पियो एन एसयूभी सार्वजनिक भएको थियो ।

नेपालका लागि महिन्द्र गाडीको आधिकारीक वितरक अग्नी समूहले नेपालमा सार्वजनिक भएको एक वर्षपछि नेपालमा यो गाडीको बिक्री थाल्ने भएको हो । सार्वजनिक भएपनि उत्पादकले गाडी उपलब्ध गराउन नसक्दा नेपालमा बिक्री वितरण हुन सकेको थिएन ।

नेपालमा सार्वजनिक भएको एक वर्षपछि यो गाडीको बिक्री सुरु हुने भएको हो । लोभलाग्दो डिजाइन र लुक्स सहित नेपाली बजारमा आएको यो गाडी तत्काल बिक्री भने खुलाएको छैन । भारतमा यो गाडी ९ लाखभन्दा बढी मूल्यमा युनिट बुकिङ भइसकेको छ ।

बजारमा आउने तयारी रहेको आफ्नो पूर्ववर्ती स्कर्पियो भन्दा स्कर्पियो एन निकै स्मार्ट र नयाँपन दिइएको छ । स्मार्ट एसयूभीमा रुपान्तरण भएर आएको यो गाडीको पहिलो भर्सन सन् २००२ मा पहिलो पटक सार्वजनिक भएको थियो ।

महिन्द्रा एसयूभी स्कर्पियो एन फरक डिजाइन र लुक्सका साथ नयाँ अवतारमा उपलब्ध हुने छ । रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च खालको प्रदर्शन र क्षमताहरू देखाउनेमा कम्पनी विश्वस्त छ ।

कम्पनीलाई एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउन नयाँ लोगो राखिएको हो । ‘ट्विन पिक’ लोगो साहित नेपाली बजारमा आएको यो गाडीले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी समूह अन्तर्गतको अग्नी इन्कर्पोरेटले ल्याएको यो इसयुभी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो ।

यो गाडी हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरूका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि रहेको छ । स्कर्पियोको विरासतलाई एक खुड्किलो माथि उचाल्दै स्कर्पियो–एनले नयाँ इतिहास रच्ने अग्नी समूहको दावी गरेको छ ।

गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ भने सिग्नेचर डुअल ब्यारेल हेडल्याम्प दिइएको छ ।

गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’, पार्किङका लागि रियर क्यामेरा, झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट, डायमन्ड कट एलोए ह्विल एलईडी प्रोजेक्टर फग ल्याम्पलगायतका विशेषता छन् ।

यस्ता छन् विशेषता
यो गाडीको मुख्य विशेषता जस्तो सुकै बाटोमा पनि उच्च पावरका साथ जान सक्ने नै हो । यो गाडीको इन्जिन निकै शक्तिशाली छ । नयाँ युगको एसयूभी खोज्नेहरूका लागि यो महिन्द्र स्कर्पियो पहिलो रोजाइन बन्न सक्छ ।

अफ–रोड क्षमता र अन–रोड दुबै रोडमा सहजै चलाउन सकिने भएका कारण पनि नेपालमा यो गाडीको चर्चा धेरै छ । स्कर्पियो–एन गाडी ६ स्पीड म्यानुअलको अतिरिक्त अटोमेटिक संस्करणहरूमा पनि आएको छ ।

टेक्नोलोजीको सिफ्टको साथ ६–स्पीड अटोमेटिक टर्क कन्भर्टरको साथ पनि आएको कम्पाीले जनाएको छ । स्कर्पिओ–एनमा २०० बीएचपी २.० लिटर पेट्रोल इन्जिन र १७५ बीएचपी २.२ लिटर डिजेल इन्जिन छ ।

जसले क्रमशः ३२० र ४०० एनएमको टर्क उत्सर्जन गर्छ । टीजीडीआई एमस्टलिअन (पेट्रोल) इन्जिनले १४९.१४ किलोवाट पावर (२०३ पीएस) र ३८० एनएम टर्क उत्सर्जन गर्छ । जीज–ज्याप र जुम गरी तीन वटा मुडमा गाडीलाई दौडाउन सकिन्छ । जसले फरक–फरक ड्राइभिङ अनुभव र सुविधा प्रदान गर्छन् ।

महिन्द्राका अनुसार स्कर्पियो–एनको ड्यासबोर्ड निकै स्मार्ट छ । यसलाई हेर्दा आकर्षक मात्रै हैन, प्रयोगकर्ता मैत्री पनि बनाइएको छ,नयाँ युगको गाडीको ड्यासबोर्ड विमानहरुको ककपिटजस्तै इन्टेलिजेन्ट छ ।

यसमा मोबाइलबाटै ककपिट कन्ट्रोल गर्न सकिने ‘एड्रोनो–एक्स’ समाहित छ । २०२३ सीएमको आकर्षक इन्फाटेन्मेन्ट स्क्रिन पनि छ । जीपीएस नेभिगेनस, ब्लुटूथसहितको यो सिस्टमले एन्ड्रोइड अटो, एप कारप्लेलगायत पनि सपोर्ट गर्छ ।

यसतो छ मूल्य

६ वटा एयरब्याग, एडभान्स ईएससी, ड्राइभर ड्रोजिनेस डिटेक्सन, एडभान्स्ड सिट रिस्ट्रेन्स, कोलेप्सिबल स्टेयरिङ र थप धेरै सुरक्षा सुविधाहरू छन् । कम्पनीले हालसम्म बुकिङ भने खुलाउने कुनै निर्णय गरेको छैन ।

औपचारिक रुपमा सार्वजनिक गरेपनि कम्पनीले मूल्य सार्वजनिक गरिसकेको छैन । नयाँ डिजाइन र फिचरका साथ आएकाले यो गाडीको सुरुवाती मूल्य ६० लाखबाट हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स