बीमा ऐनको त्रृटिको फाइदा उठाउँदै धमाधम प्रिमियममा आईपीओ निष्काशन गर्दै यी कम्पनी, के छ ऐनमा व्यवस्था ?

काठमाडौं । कम्पनी दर्ता गर्दाको प्रतिवद्धता तोडेर विभिन्न कम्पनीहरूले आईपीओ नै निष्काशन नगरी प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएका छन् । बैंक तथा वित्तीय संस्थाको जस्तो १ सय रुपैयाँमै सेयर निष्काशन गर्नुपर्ने बाध्यकारी व्यवस्था नयाँ बिमा ऐनमा नभएपछि बीमा कम्पनीहरूले अंकित मूल्यमा आईपीओ निष्काशनै नगरी एकै पटक प्रिमियम मूल्यमा सेयर निष्काशन गरेका हुन् । बीमा कम्पनीहरूले प्रिमियममा आईपीओ निष्काशन गर्न मिल्ने नियमावलीमा टेकेर पछिल्लो समय इन्स्योरेन्स कम्पनीले सेयर निष्काशन गरेका हुन ।

सँगै अनुमति पाएका कम्पनीहरूले सर्वसाधारणलाई सेयर विवतरण गरिसक्दा पनि केहि कम्पनी भने बकुल्लाले माछा कुरेझै माछा आउँला र पक्क खाउला भनेर बसेर अहिले नियमावलीले गरेको व्यवस्थाको आडमा प्रिमियम मूल्यमा साधारण सेयर निकाल्ने अनुमति बोर्डबाट लिएका हुन् ।

बीमा ऐन अनुसार बीमकले बीमा व्यवसाय प्रारम्भ गरेको १ वर्ष पुरा भएपछि साधारण सेयर निष्काशन गर्न सक्ने छन् । यसरी सेयर निष्काशन गर्दा पछिल्लो वर्षको लेखापरीक्षण सम्पन्न भएको हुनुपर्नेछ । बीमा ऐन २०७९ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आव्हान गर्दा अंकित मूल्यमा शतप्रतिशत रकम माग गर्नुपर्ने व्यवस्था गरेको छ ।

हो अहिले त्यस्तै भएको छ, नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा व्यवसाय सञ्चालन गर्ने गरी १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो ।

त्यति बेला सञ्चालनमा आएका अधिकाश कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसके पनि केहि जीवन बीमा कम्पनहरूले सर्वसाधारणलाई दिन्छु भनेर प्रतिवद्धता गरेको आईपीओ निष्काशन नगरी प्रिमियम मूल्यमा निष्काशन गर्ने अनुमति पाएका छन् ।

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको कम्पनीहरूमा रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स, सटिजन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने अनुमति पाएका हुन् । महालक्ष्मी लाइफले भने अहिलेसम्म बोर्डबाट अनुमति पाएको छैन ।

यस अघि बीमा कम्पनीहरूले कहिले पनि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका थिएनन् । बैंक तथा वित्तीय संस्थाले पनि प्रिमियम मूल्यमा अहिलेसम्म आईपीओ जारी गरेका छैनन् ।

आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको आईएमइ लाइफ इन्स्योरेन्सले प्रतिकित्ता सेयरमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसामा १ करोड १४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न लागेको आईएमई लाइफ पहिलो इन्स्योरेन्स कम्पनी हो । कम्पनीले आफ्ना कर्मचारी र सर्वसाधारणलाई फरक हिसाबले सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ६ लाख कित्ता सेयर भने अंकित मूल्य (प्रतिकित्ता १०० रुपैयाँ) मा आफ्ना कर्मचारीहरूलाई निष्काशन गर्नेछ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सलाई १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न अनु्मति दिएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सलाई १ सय ३९ रुपैयाँ प्रिमियम थपेर २ सय ३९ रुपैयाँमा ९६ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको छ । सन् नेपाल लाइफले साउन १ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको हो ।

बोर्डले अर्को इन्स्योरेन्स कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि १४४ रुपैयाँ प्रिमियम थपेर २ सय ४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले यहि असार २७ गतेदेखि अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। त्यसपछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो ।

तर, सेबोनले भने कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ ।

बीमा समितिले सिटिजन लाइफ, स्टार लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ, रिलायबल लाइफ, आईएमई लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ, युनियन लाइफ इन्स्योरेन्सले एकै पटक बीमा प्राधिकरणबाट बीमा व्यवसाय गर्न अनुमति पाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स