नेप्सेद्वारा नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान, कसलाई कुन नम्बर ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ। बुधबार बसेको नेप्सेको संचालक समितिको बैठकले नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्ने निर्णय गरे बमोजिम आज बिहीबारनेप्सेले ७ ब्रोकरलाई प्रमाणपत्र दिएको हो ।

जसअनुसार, कारोबार सदस्यता पाउने नयाँ ब्रोकर कम्पनीहरुमा सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन्।

नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्। असार मसान्त भित्र नै कारोबार गर्ने तयारी यी ब्रोकरले गरेका छन् ।

नेप्सेले तोकिएको मापदण्ड पुर्याएका अन्य ब्रोकर कम्पनीलाई पनि सदस्यता प्रदान गर्ने छ ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइसकेको छ।

नेप्सेबाट एलओई पाउने नयाँ ब्रोकर कम्पनीमा मेगा स्टक मार्केट्स, इन्फिनिटी सेक्युरिटिज, नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, कलश स्टक मार्केट र माछापुच्छ्रे सेक्युरिटिज छन्।

अब यी कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरेरमात्रै कारोबार सदस्यता प्रदान गर्ने नेप्सेले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स