महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण, तीन दिनभित्र जवाफ नआएमा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको छ ।

पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोधेको हो । यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर दोस्रो स्पष्टीकरण सोधिएको हो । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ ।

महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो । महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए ।

दोस्रो स्पष्टीकरणको तीन दिनभित्र जवाफ नआएमा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स