काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख १० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १३ सय ९५ रूपैयाँ कायम भएको छ ।