काठमाडौं । जेठ महिनामा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या र रकम दुबै घटेको छ । चालु आर्थिक वर्षको जेठ महिनामात्रै ९ हजार ७३३ पोलिसी सरेण्डर भएको हो । जेठ महिनामा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको नेपाल बीमा प्रधिकरणले बताएको छ ।
गत महिना वैशाखमा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको १० हजार ७९७ वटा बीमा पोलिसी सरेण्डर भएको थियो । वैशाखको तुलनामा जेठ महिनामा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या र समर्पण मूल्य दुबै घटेको तथ्यांकले देखाएको हो ।
जेठ महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ हजार ६५८ वटा बीमा पोलिसी त्याग्दा ४३ करोड ३८ लाख रुपैयाँ समर्पण भएको हो । नेपाल लाइफ पछि लाइफ इन्स्योरेन्स कर्पोरेशनको पोलिसी बढी त्यागिएको छ । उक्त कम्पनीका १ हजा र ७२२ बीमितले पोलिसी त्याग्दा १३ करोड ८८ लाख रुपैयाँ समर्पण भएको हो ।
राष्ट्रिय बीमा कम्पनीको पोलिसी पनि जेठ महिनामा १ हजार ७११ वटा त्यागिएको छ । सो पोलिसीमार्फत १२ करोड ४६ लाख रुपैयाँ समर्पण भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ८५१ वटा पोलिसी त्यागिदा १० करोड २८ लाख रुपैयाँ समर्पण भएको छ ।
जेठ महिनामा लाखदेखि आधा अर्ब रुपैयाँसम्म बीमा समर्पण गर्ने देखिएको छ । जेठ महिनामा सबैभन्दा कम पोलिसी सरेण्डर सन नेपाल लाइफ, महालक्ष्मी लाइफ र प्रभु लाइफका बीमितिले गरेका छन् । सन नेपाल लाइफका ३४ बीमितले पोलिसी त्याग्दा ३९ लाख रुपैयाँ समर्पण भएको छ भने महालक्ष्मी लाइफका ५८ बीमितले ४९ लाख रुपैयाँ बराबर रकमको बीमा पोलिसी त्याग गरेका हुन् ।
त्यस्तै प्रभु लाइफको ६० वटा बीमा पोलिसी त्यागिँदा ७६ लाख रुपैयाँ निकालिएको छ । त्यसैगरी सूर्य ज्योति लाइफको ५४५ पोलिसी त्याग हुँदा ६ करोड ५० लाख रुपैयाँ समर्पण भएको छ । मेट लाइफको ५४९ पोलिसी त्यागिँदा ५ करोड ४९ लाख रुपैयाँ समर्पण भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ५०३ वाट पोलिसी बराबरको ३ करोड ४९ लाख रुपैयाँ समर्पण भएको छ ।
हिमालयन लाइफका १७५ बीमितले पोलिसी त्याग्दा २ करोड ९ लाख, सिटिजन लाइफको २०७ पोलिसी बराबरको १ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सका १३२ बीमितले पोलिसी त्याग्दा १ करोड ३३ लाख आइएमई लाइफ इन्स्योरेन्सको १५३ पोलिसी त्यागिदा १ करोड ४ लाख, रिलायबल नेपाल लाइफ १७५ पोलिसी त्यागिदा ९१ लाख रुपैयाँ समर्पण भएको हो ।