हवाई भाडा न्युनतम ६० देखि अधिकतम ७५० रुपैयाँसम्मले घट्यो, कहाँ जान कति लाग्छ ?(सूची सहित )

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ।

नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको हो ।

प्राधिकरणले न्युनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म भाडा घटाएको छ । घटेको भाडादर असार २० देखि लागु हुने छ ।

सोमबार निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।

काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स