आईएमई लाइफ इन्स्योरेन्सले भोलिबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं । भोलिबाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि असार २० गतेबाट सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँट भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

लगानीकर्ताले आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमामा सिभिल क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स