भोलिबाट सर्वसाधारणले अपर सोलु हाइड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । भोलिबाट अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलि असार २० गतेदेखि सर्वसाधारणहरुको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणहरुको लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जस अनुसार ३९ हजार १ सय ५० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा नुनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले असार २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स