नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो।

योसँगै, बोर्डले अनुमति प्रदान गरेमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

७ वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स