थ्रीस्टार हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने, २ जनाले ११ कित्ता सेयर पाउने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले भोलि असार १९ गते बिहान ९ः३० बजे सेयर बाँडफाँट गर्ने तयारी गरेको हो।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ जना आवेदकले १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ ।

जस अनुसार योग्य आवेदक मध्ये ६१ ह्जार ३१६ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् भने भाग्यमानी थप २ जनाले ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले असार ५ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि ६ लाख १३ हजार १ सय ६२ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले चैत्र १७ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स