नबिल बैंकले ल्यायो ‘दशैंमा नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ नयाँ स्कीम

काठमाडौं । नेपालीहरूको महान चाड दशैंको अवसरमा नबिल बैंकले दशैंका लागि नयाँ स्कीम ल्याएको छ । नबिल बैंकले यस वर्षको दशैंका लागि मुद्दती निक्षेपमा विशेष स्कीम सहितको अफर ल्याएको हो।

नबिलको ‘दशैंमा नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ भन्ने स्कीममा आम निक्षेपकर्ताले ९.२६ प्रतिशतसम्म ब्याज पाउने छन् । उक्त ब्याजमा शुन्य दशमलव ५ प्रतिशत प्रिमियम पनि समावेश गरिएको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज प्रदान गर्ने उद्देश्यसहित यो योजना ल्याएको हो ।

नबिलले यो स्कीम अन्य बैंकको भन्दा उत्कृष्ट रहेको दावी पनि बैंकले गरेको छ । ‘हामीले दशैंमा बैंकमा पैसा राख्न चाहने निक्षेपकर्तालाई ध्यानमा राखेर उत्कृष्ट ब्याज दिने योजना सहित उच्च ब्याजदर दिने लागेका हौं,’ नबिलले भन्यो ।
नबिलले यो स्कीम १ वर्ष वा सोभन्दा बढी समय मुद्दती निक्षेपमा निक्षेप डिपोजिट गर्नेका लागि ल्याएको हो ।

नबिलले यो स्कीमका साथै ‘रेगुलर फिक्स डिपोजिट’, ‘स्मार्ट फिक्स डिपोजिट’ र क्युमुलेटिभ फिक्स डिपोजिट’ गरी अन्य तीन मुद्दती निक्षेप खाता पनि सञ्चालन गरेको छ ।

बैंकले १३५ वटा शाखा कार्यलय, १८५ वटा एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

एक उच्च प्रशिक्षित र मजबुत समूह र सुरक्षित बैंकिङ प्रणालीका साथै ३७ वर्षको बैंकिङ अनुभव रहेको यस बैंकले ग्राहकहरूलाई मुल्य अभिवृद्घिको लक्ष्य राखी सेवा प्रवाह गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स