काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको सेयर सूचीकृत भएको छ ।
दुवै लघुवित्तबीचको मर्जरपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा रहेको सेयर नेप्सेमा सूचीकृत भएको हो । मर्जरपछिको कुल १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले सिवाईसी नेपाल लघुवित्तलाई प्रतिकित्ता ११७१.८५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब यही मूल्यबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
योसँगै, अब भोलि सोमबारबाट लघुवित्तको सेयर कारोबारमा आउनेछ ।
यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी गत फागुन ३० गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेका छन्।
सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।
नेप्सेले मर्जर प्रक्रियाका लागि रोक्का गरेको सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार आज असार १७ गतेको निर्णयबमोजिम फुकुवा गरेको हो।