महानगरले लगाउने भयो ललितानिवासको जग्गामा तारबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गा तारबार गर्ने भएको छ । महानगरले आज दिउँसो महानगरीय प्रहरी बलको टोली पठाएर ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नको लागि तारबार गर्न लागेको हो ।

आज ललितानिवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।

ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । मुद्दा अहिले पनि विचाराधिन रहेको छ ।

सीआईबीले उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स