काठमाडौं । भारतबाट पेट्रोल र ग्यासको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोल र ग्यासको मूल्य घटाएर पठाएको हो ।
जसअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ७ पैसा र एलपीजी ग्यास प्रतिसिलिन्डर १६० रुपैयाँले घटेर आएको छ ।
त्यस्तै, डिजेटल, मट्टीतेल र हवाई इन्धनको भाउ भने बढेर आएको छ। निगमका अनुसार प्रतिलिटर डिजेलमा २.१६ रुपैयाँ, मट्टीतेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ।
आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।
सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहेको छ ।