काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका छन् । महानगरका मेयर बालेनको सचिवालय स्रोतका अनुसार साहलाई सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त गरिएको हो ।
प्रमुख महानगरको विश्व संघ सन् १९८४ बाट स्थापना भएको हो । संसारभरका प्रमुख महानगरीय क्षेत्रहरूको विश्वव्यापी नेटवर्कका रुपमा रहेको यो संघले महानगरहरुको सामूहिक आवाज उठाउने र विश्वव्यापी सहयोग, संवादलगायत का मगर्दै आएको छ ।