काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख १० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ७० रूपैयाँ कायम कायम भएको छ ।